तपाईंको मेयर खाेइ, तपाईंका सांसद खाेइ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकाश निर्माणका कार्यक्रम उद्घाटन र शिलान्यासमा जनप्रतिनिधि उपस्थित नभएकाेमा प्रश्न गरेका छन् । शनिवार चितवनमा आयोजित आफू निकट कार्यकर्ताको प्रदर्शन कार्यक्रममा जिल्लाका कुनैपनि सांसद र भरतपुरका मेयर उपस्थित नभएकोप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सांसद र मेयरका बारेमा प्रश्न गरेका हुन् ।

‘तपाईंहरुले तीनजना सांसदलाई जिताएर पठाउनुभयो’, प्रधानमन्त्री ओलीले भने, ‘तर विकास निर्माणको यत्रो उद्घाटन शिलान्यास कार्यक्रममा खोइ उनीहरु ? उनीहरुलाई तपाईंहरु चाहिएन, अब चुनाबमा मात्र तपाईंहरु चाहिनुहुन्छ ।’  चितवनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाकी मेयर प्रचण्डपुत्री रेणु दाहालले जनतालाई नटेरेको टिप्पणी पनि गरे ।

चितवनका तीनै जना साँसद प्रचण्ड नेपाल पक्षका भएकाले उनीहरु ओली पक्षकाे कार्यक्रममा नगएका हुन् ।

प्रतिक्रिया