चीनमा नयाँ कोरोना संक्रमित भेटिने क्रम रोकिएन

चीनमा कोरोना संक्रमित भेटिने क्रम अझै रोकिएको छैन । शुक्रबार पनि चीनमा नयाँ संक्रमतिहरु भेटिएको जनाईएको छ । शुक्रबार थप ५२ जना नयाँ संक्रमित थपिएका चीनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

संक्रमितमध्ये १६ जना विदेशबाट आएका हुन् भने ३६ संक्रमित देशभित्र नै संक्रमित भएका हुन् । चीनको नेशनल हेल्थ कमिसनले शनिबार याे जानकारी दिएको समाचारमा जनाइएको छ । स्थानीय नागरिकबाटै अहिले सङ्क्रमण सर्न थालेकोले चिन्ताको विषय भएको ती स्वास्थ्य अधिकारीले जनाएका छन् ।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोना परीक्षणलाई तिब्र बनाएको जनाएको छ । साथै चीनले कोरोनाबाट निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । शुक्रबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया