एनएमबि बैंकको क्युआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार सुरु

काठमाडौं । एनएमबि बैंकले बल्खु तरकारी बजार क्षेत्रमा क्युआर कोडमार्फत डिजिटल भुक्तानी प्रणालीको सुरुआत गरेको छ । मार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न बैंकले उक्त डिजिटल भुक्तानी कारोबारको सुभारम्भ गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंकका अध्यक्ष पवन कुमार गोल्यानको उपस्थितिमा शुक्रबार एक कार्यक्रमको आयोजा गरी बैंकले शुक्रबार बल्खु तरकारी बजारमा उक्त भुक्तानी प्रणालीको सुरुआत गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुनिल केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरेका छन् ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ,’ कार्यक्रममा सिइओ केसीले भने, ‘वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई ध्यान दिँदै आगामी दिनमा सेवाग्राहीलाई नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै कृषि तथा सहुलियतपूर्ण कर्जा प्रवाहका थप कार्यक्रम अघि बढाउने छौं ।’

कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, सुरक्षा निकाय, कुमारी क्लबका सदस्य, स्थानीय कृषि ब्यवसायीको उपस्थिति थियो ।

प्रतिक्रिया