नगरबधुको कथामा ‘श्रीदेवी’ बनाउदै दीपशिखा

काठमाडाैँ । अभिनेत्री तथा निर्माता दीपशिखा सिंह खड्काले चलचित्र ‘श्रीदेवी’ बनाउने घोषणा गरेकी छन् । खड्का स्वयम ‘श्रीदेवी’ को शीर्ष भूमिकामा देखिनेछिन् । वेश्यावृत्तिमा लागेकी एक युवतीको कथामा चलचित्र बन्ने छ । फेसबुकमार्फत उनले चलचित्र निर्माणको घोषणा गरेकी हुन् ।
चलचित्रमा उनकै लगानी तथा स्क्रिप्ट रहने छ । चलचित्र फैजी फिल्म्सको ब्यानरमा बन्ने छ । नयाँ तथा पुराना कलाकार समेटेर टिम बनाउने उनको तयारी छ । यसअघि उनले चलचित्र प्रेम लीला निर्माण गरेकी थिइन् ।
प्रतिक्रिया