चलचित्र ‘कसिङ्गर’ सार्वजनिक

काठमाडौं । कलाकार  रेजिना उप्रेती र राजवीर पटेलको अभिनय रहेको चलचित्र ‘कसिङ्गर’ सार्वजनिक भएको छ ।

धौलाश्री फिल्मको व्यानरमा निर्माण गरिएको चलचित्रमा राजवीर र रेजिनासँगै ओम क्षेत्री, सुशील पोखरेल, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, सुवास नेपाली, कृपा वली, सम्झना पुन, सम्झना श्रीपाइली, समिक्षा बुर्लाकोटी, राजन भुजेल, विष्णु कार्की, कृष्ण स्याङतान, एब बिसी पुन, डिल पुनलगायतको अभिनय रहेको छ ।

चलचित्र राजवीरकै कथा, पटकथा र निर्देशनमा तयार भएको हो । चलचित्रमा राजन पटेलको सम्पादन, सम्राट सापकोटाको द्वन्द्व, हरिनारायण चौधरीको छायाँकन, दीपक अधिकारी र विक्रम चौहानको कोरियोग्राफी छ । भीमराज पटेल सहनिर्माता रहेकाे चलचित्रकाे  कार्यकारी निर्माता जगत पटेल हुन् ।

https://www.youtube.com/watch?v=AO3-g2F4oz0&feature=emb_logo

प्रतिक्रिया