विराटनगरमा प्रचण्ड-नेपाल समूहको विरोध सभा
२०७७ माघ १६ गते

नेताद्वय नेपाल दाहाल। फाइल फोटो।
काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूहले विराटनगरमा विरोध सभा गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध विहिबार बुटवलमा विशाल प्रदर्शन गरेको सो समूहले आज विराटनगरमा सभा गर्न लागेको हो ।
विराटनगरको सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । विराटनगरपछि भोलि दाहाल-नेपाल समूहले धनगढीमा विरोधसभाको आयोजना गरेको छ । सो समूहले काठमाडौँको माइतीघरमा पनि धर्ना जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्कोको चर्को आलोचना गर्दै आएका छन् ।
२०७७ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








