माला र खादाकाे साटाे मास्क अनिवार्य गरौँ : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका कार्यक्रममा स्वागतस्वरुप दिइने फूलमाला एवम् खादाकाे साटाे मास्क लगाउन अनिवार्य गर्नुपर्ने बताएका छन् ।

फेसबुकमार्फत् नेता कोइरालाले बिहीबार, कोरोना महामारीको जोखिम कायमै रहेकाले कार्यक्रममा फूलमाला र खादाकाे साटाे मास्क  अनिवार्य गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी अझै पनि कोभिड-१९ को उच्च जोखिममा छौं। जोखिमकै बीचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरू गर्नुपर्ने अवस्था पनि छ । कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउनुको साथै स्वागतस्वरुप माला एवं खादा लगाईदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरूमा विनम्र आग्रह गर्दछु ।’

 प्रतिनिधिसभा विघटनपछि दैनिकजसो हुने बिरोध कार्यक्रममा हजाराैँ नेता कार्यकर्ता जम्मा हुने गरेका छन् ।

प्रतिक्रिया