खोपपछि भारतमा काेभिड संक्रमण र मृत्युदर घट्दाे

एजेन्सी । भारतमा काेभिड १९ काे नयाँ संक्रमण र मृत्यु दर लगातार कम भइरहेकाे छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लाे १० दिनदेखि संक्रमितकाे संख्या घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । यस्तै सक्रिय संक्रमित र मृतककाे संख्या पनि कम हुँदै गएकाे छ ।

अमेरिका, बेलायत, फ्रान्स, स्पेन, इटाली, ब्राजिल र रसिया जस्ता  देशमा खोप अभियान सुरूवात भए पनि नयाँ स्वरूपकाे काेराेना संक्रमण र त्यसबाट हुने मृत्युदर नराेकिएका बेला भारतमा भने खाेप अभियान शुरू भएयता नयाँ संक्रमण र मृत्यु दर कम भइरहेकाे हाे ।
याे तथ्यांकले आउने दिनमा काेभिड उन्मूलन हुने आशा गरिएको छ ।भारतमा  करीब १ कराेड ७ लाख जनालाइ काेभिड १९ भएकाे तथ्याँक छ ।

भारतमा जनवरीकाे पहिलाे सातातिर शुरू भएकाे खाेप अभियान अन्तर्गत अहिलेसम्म हजाराैँ चिकित्सकसहित स्वास्थ्यकर्मीले खाेप लगाइसकेका छन् ।

चीनमा २०१९ काे नाेभेम्बरमा देखिएकाे काेभिड १९ काे संक्रमण अहिलेसम्म विश्वभर बढिरहेकाे छ । यसबाट १४ महिनामै १० कराेड बढी संक्रमित भएका छन् ।

अहिले विश्व नै यो महामारीलाई पराजित गर्न लागिपरेकाे छ । विभिन्न देशमा शुरू भएकाे काेभिडबिरूद्धकाे खाेपले नागरिकमा आशा पलाएको छ ।

प्रतिक्रिया