सेयर बजार ओरालो, कारोबार भने झण्डै १० अर्बकाे

काठमाडौं । साताभर उतार चढाबमा रहेको सेयर बजार अन्तिम दिन बिहीबार भने ओरालो लागेको छ । यस दिन १६ अंकले घटेर परिसूचक २४२५ अंकमा खस्किएको छ । बजार ओरालो लागे पनि कारोबार रकम भने बढेको छ ।

बिहीबार ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १ सय २८ रुपैयाँमा २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भएको छ । २ सय ९ कम्पनीको शेयर किनबेच भएको हो ।

निर्जीवन, प्रशोनध तथा उत्पादन, लघुवित्तबाहेका सबै समूहका परिसूचक ओरालो लागेका छन् । बिहीबार पनि निर्जीवन बीमा समूहको परिसूचक ४१० अंकले बढेको छ ।

साताको आइतबार ५० अंकले बढेको बजार सोमबार १६ अंकले बढेको थियो । मंगलबार १७ अंकले घटेर बुधबार १८ अंकले बढेको थियो । अन्तिम दिन बिहीबार भने १६ अंकले घटेको छ ।

सेयर बजारमा ‘क’ वर्गका कम्पनीका कारोबार गणना गर्ने सूचक सेन्सेटिभ इन्डेक्स समेत ४ अंकले घटेर ४४२ अंकमा पुगेको छ । लगानीकर्ताको आकर्षण ज्यादा खेल्न पाइने कम मूल्यका सेयर भएका कम्पनीतिर भएकोले पनि सेन्सेटिभ इन्डेक्स घटिरहेको शेयर बजारका विश्लेषकहरु बताउँछन् ।

त्यस्तै, सातामा लगानीकर्ताले नाफा सुरक्षित गर्न लागि पछि कारोबार रकम बढे पनि मूल्य घटेको विश्लेषण गरिएको छ । बिहीबारको बजारपछि शेयर बजारमा १० खर्ब ६६ अर्बको बजार पूँजीकरण भएको छ ।

प्रतिक्रिया