शनिबार सुजुकी कारको ‘सुपर स्याटरडे’

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । उक्त दिन सुजुकीका चारपांग्रे सवारी खरिद गर्ने ग्राहकले विशेष अफर पाउने छन् ।

‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेन्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।

साथै उक्त अफर एक दिनका लागि मात्र देशभरका ३८ वटा डिलरसिपमा लागू हुने कम्पनीले बताएको छ। हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।

प्रतिक्रिया