विष सेवनबाट दुई छोरी र आमाकाे मृत्यु

नवलपरासी । नवलपरासीमा विष सेवनका कारण दुई छोरीसहित आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरी र उनका १२ बर्षीय छोरी नेहा र १० बर्षीय हेमा छन् ।

राती सँगै सुतेका बेला आफूसँगै चौधरीले छोरीहरुलाई समेत विष खुवाएकी थिइन् । उनीहरु तीनै जनाको उपचारका क्रममा बिहीबार बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष सेवन गरेपछि उनीहरु चिच्याएको आवाज सुनेर स्थानीयले अस्पताल पुर्याएका थिए । मृतक चौधरीका श्रीमान वैदेशिक रोजगारीमा रहेकाे बुझिएको छ ।

प्रतिक्रिया