हलिउडमा डेब्यु गर्दै नेपाली मोडल अन्जली

नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड चलचित्रमा डेब्यू गर्ने भएकी छन् । नुवाकोटकी लामाले ६ भागमा निर्माण हुने ‘सेयरिङ ए राइड’ मा अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने चलचित्रमा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ ।

यो एक एन्थोलजी फिल्म हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को-प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीका अलग-अलग पक्ष देखाइनेछ । फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया