सेयर बजारमा दाेहाेराे अंकको सुधार, बजार पूँजीकरण झण्डै ३३ खर्ब

काठमाडौं । सेयर बजारमा बुधबार १८ अंकको सुधार भएको छ । मंगलबार १७ अंकले करेक्सन भएको बजारमा बुधबार भने १८.७६ अंकको सुधार देखिएको हो । कारोबारपछि बजार परिसूचिक २४४१ अंकमा पुगेको छ । सुधार देखिएपनि बुधबार कारोबार रकममा भने सुधार भएन । मंगलबार ८ अर्ब १७ करोडको कारोबार भएकोमा बुधबारको कारोबार रकम भने ८ अर्ब ६२ लाखमा सिमित भयो ।

बुधबार ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँमा २ सय ८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता सेयरको किनबेच भएको छ ।

बुधबार व्यापार, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्डबाहेकका सबै समूहगत परिसूचक ओरालो लागेका छन् । बुधबारको बजारमा निर्जीबन बीमा समूहका कम्पनीको टेवा देखियो । निर्जीवन बीमा समूह बुधबार ६६३ अंकले बढ्यो ।
बुधबार सबैभन्दा धेरै कमाउने १० कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनी, एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर, शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै कारोबारको हिसाबले बढी कारोबार गर्ने १० कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको ९३ करोड, प्राइम बैंकको ३७ करोड, नेपाल बैंकको २८ करोड, प्रभु बैंकको २७ करोड, नेशनल लाइफ इन्स्योरेन्सको २४ करोड, शिखर इन्स्योरेन्सको २४ करोड, नेपाल टेलिकमको २०, नेशनल हाइड्रो पावरको २०, एनआइसी एसियाको १४ करोड र प्रिमियर इन्स्योरन्सको १३ करोडको शेयर कारोबार भयो ।

बुधबारकाे काराेबारपछि ३२ खर्ब ८९ अर्ब रूपैयाँभन्दा बढीकाे बजार पूँजीकरण भएकाे छ ।

 

प्रतिक्रिया