एमसीसी सहायता नआए पनि परियोजनालाई अगाडी बढाउनुपर्छ : पुष्पराज कँडेल

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

एमसीसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफैँ गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलकाे भनाइ छ । परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्षभित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए ।

उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेस भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तीव्रता दिइएकाे पनि जानकारी गराए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक पर्ने देखिएको उनकाे तर्क छ ।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैँले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेस नगरेको पनि स्पष्ट पारे । उनका अनुसार उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेश गरेकाे छ ।

प्रतिक्रिया