मिलन र रमेशको स्वरमा ‘अरबको खाडीमा’

पूर्वेली भाका मार्फत रोजगारीको सिलसिलामा विदेश उडेको युवाको कथा समेटिएको ‘अरबको खाडीमा’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम चौलागाईको शव्द, मिलन नेवार र रमेश प्रसाईको स्वरमा रहेको गीतलाई राजनराज शिवाकोटीले संगीत गरेका छन् । भिडियो निर्देशन राजेश पुमा राईले गरेका छन् । भिडियोमा योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन् ।

उक्त गीतमा टिकटक बनाएर सबैभन्दा बढी भ्यूज बटुल्ने टिकटकरलाई भ्यूज र पहिरनको मूल्याकंन गरी गीतकार चौलागाईले पुरस्कारको ब्यवस्था गरेका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार नगद पुरस्कारको ब्यवस्था गरिएको छ । टिकटकमा गीत बनाएको ३५ दिनमा पुरस्कार हात पर्नेछ । गायिका मिलन नेवार र संगीतकार राजनराज शिवाकोटीले पुरस्कार हस्तान्तरण गर्नेछन् । साथै उत्कृष्टलाई अर्को गीतको भिडियोमा मुख्य अभिनयको अवसर प्रदान गरिने छ ।

प्रतिक्रिया