मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘मन्दिरको क्षमा पूजाले दण्डबाट मुक्ति पाइँदैन’

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दण्डबाट मुक्ति पाउन मन्दिरको क्षमा पूजाबाट सम्भव नभएको बताएका छन् । सोमबार शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका विषयमा प्रतिक्रिया दिँदै नेता कोइरालाले सोमबारको बर्बरताका लागि नागरिक समाजसँग क्षमा माग्न आग्रहसमेत गरेका छन् ।

ट्वीट गर्दै नेता काेइरालाले भनेका छन् ‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन,’ नेता कोइरालाले भने, ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोशको आत्मालोचनाबाट नै ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेकै दिन शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिक अभियन्ताविरुद्ध प्रहरीले पानीको फोहरा र लाठी बर्साएको थियो ।

प्रतिकृयाहरु
Loading...