‘प्रकाश’मा प्रदीपको जोडी रेणु

अभिनेता प्रदीप खड्कालाई चलचित्र ‘प्रकाश’ मा ‘को – एक्टर’ रूपमा डेब्यु नायिका रेणु योगीले साथ दिने भएकी छन् । निर्देशक दिनेश राउत रहने चलचित्रका लागि अडिसनमार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले योगीलाई छनोट गरेका हुन् । धनगढीकी रेणु रङमन्चकी कलाकार हुन् । उनले आधा दर्जन बढी नाटक, सर्ट मुभी र ‘एसिड काण्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।

अन्य कलाकारको हुन बाकी चलचित्रको छायाङ्कन जुम्लामा गरिने छ भने ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दै छन् । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।

प्रतिक्रिया