रहेनन् नरोउ मायालु…..का गायक धनबहादुर

काठमाडौं । नरोउ मायालु…….. लगायत दर्जनौ गीतका सर्जक धनबहादुर गायकको निधन भएको छ ।

उनकाे पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार विहान निधन भएको हो । धनबहादुरलाई उच्च रक्तचापका कारण ढलेपछि अस्पताल भर्ना गरिएको र उपचारका क्रममा निधन भएकाे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव जीवन दाहालले मकालु खबरलाई जानकारी दिए ।

झलकमान राष्ट्रिय सारंगी पाठशालाका अध्यक्ष समेत रहेका धनबहादुरले यो नानीको मिरमिरे आँखा, बेली र चमेली, पानीको कलिधारा लगायत दर्जनौं गीत गाएका छन् ।

उनी नृत्य निर्देशक, संगितकार र संगित प्रशिक्षक पनि थिए । धनबहादुरले पोखराका विभिन्न विद्यालयमा दशौँ बर्षसम्म संगित पढाएका थिए ।

२०२१ साल बैशाख ६ गते पोखराको बाटुले चौरमा जन्मिएका धनबहादुरका श्रीमती एक छोरी र दुई छोरा रहेको
धनबहादुरको सोमबार दिउँसो पोखराको सेती नदि किनारमा अत्येष्टि गर्ने तयारी रहेको सचिव दाहालले जानकारी दिए ।

प्रतिक्रिया