नाडाको प्रशिक्षण

काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण आइतबार काठमाडौंमा सम्पन्न भएको हो ।

अटोमोबाइल व्यवसायीले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेका सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक देखिएपछि उक्त कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नाडाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।

उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएकाे महासचिव सुनिल रिजालले जानकारी दिए। उनका अनुसार नाडाका तर्फबाट साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नाडाका ४६ सदस्य कम्पनीको सहभागिता थियो ।

प्रतिक्रिया