जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक पाँच हजार घुससहित पक्राउ

काठमाडौँ । जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक (सर्वेक्षक) सुमित चौलागाईं र मनोज थापा पाँच हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट अटिएको टोलीले सेवाग्राहीबाट पाँच हजार अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।

रूपन्देहीको कोटहीमाई गाउँपालिका–१ बोगडियाबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ। अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

उक्त विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया