गोर्खेको प्रदर्शन मिति तय

चलचित्र ‘गोर्खे’ यही फागुन एक्काईस गतेबाट नेपालभर प्रदर्शनमा आउने भएकाे छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु तथा हरि थापाले निर्माण गरेको फिल्ममा ‘गोर्खे’ बन्ने सपना बोकेका ५ युवाको कथा छ ।

फिल्ममा रविन्द्रप्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतकाे  पनि अभिनय छ । काजी लिम्बुको कथा रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ । फिल्म सन्तोष ढकालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया