राधिका बनिन् जंगल युद्धकला तालिम लिने पहिलो महिला सैनिक

काठमाडौँ । राधिका थापा नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम लिने पहिलो महिला सैनिक भएकी छन् ।

सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको तालिममा सहभागीता जनाउने उनी पहिलो नेपाली महिला सैनिक बनेकी हुन् ।

तीन महिनाको अवधिसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, जंगलमा बाँच्ने तरिका तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक सीपहरु सिकाइन्छ । यसरी नेपाली सेनाको इतिहासमा यो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक पनि भएकी सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थापा सिन्धुपाल्चोकको मेलम्ची नपा-२ थापाटोल निवासी हुन् । उनी २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया