गायक धुव्र केसीको निधन

लोकपृय गायक धुव्र केसीको निधन भएको छ । ललितपुरको भैँसेपाटीमा रहेको अर्किड केयर सेन्टरमा विहीबार बेलुका ५ बजेतिर केसीको निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पिडीत थिए ।

केसीले गाएका ‘मायालु हजार हुन्छन्’, ‘अरु कालो रेलको धुँवाले’, ‘नरोउ नरोउ साइली’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, बगी जाने खोला’ जस्ता धेरै गीत लोकपृय छन् ।

२००२ सालमा जन्मिएका केसीका तीन छोरी छन्। केसीको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया