३७ वर्षमा हिरोका १० करोड थान बाइक

काठमाडौं । मोटरसाइकल उत्पादन गर्दै आएको भारतीय कम्पनी हिरो मोटोकर्पले १० करोड थान हिरो मोटरसाइकल उत्पादन गर्न सफल भएको छ । उत्पादन सुरु गरेको ३७ वर्षमा कम्पनीले उक्त संख्यामा मोटरसाइकल उत्पादन गर्न सफल भएको हो ।
सन् १९८४ मा स्थापना भएको कम्पनीले २०९५ सम्ममा १० लाख थान बाइक उत्पादन गरिसकेको थियो । त्यसपछि २००१ सम्ममा ५० लाख, २००४ सम्मा १ करोड हुँदै सन् २०१३ सम्ममा ५ करोड थान वाइक उत्पादन गरेको थियो । सन् २०१७ मा कम्पनीले साढे ७ करोड थान वाइक उत्पादन गरेको थियो ।

विहीबार कम्पनीले ‘हिरो मोटरकर्प १०० मिलियन अचिभमेन्ट’ अर्थात् १० करोड थान मोटरसाइकल उत्पादनको सफलता प्राप्त गरेको हो । कम्पनीले १० करोड थान मोटरसाइकल उत्पादन गर्दै बिहीबारदेखि ‘आइकोनिक ल्याण्डमार्क’मा प्रवेश गरेको जाएको छ ।

सोही अवसरमा कम्पनीले स्प्लेण्डर प्लस, एक्स्ट्रिम १६० आर, ग्ल्यामर १२५, डेस्टिनी १२५, मेस्ट्रो एड्ज ११० लगायत नयाँ संस्करणका बाइक समेत सार्वजनिक गरेको छ । कम्पनीले उत्पादन गर्दै आएको विभिन्न सेग्मेन्टका मोटरसाइकल मध्ये भारतको उत्तराखण्ड स्थित हरिद्वार प्लान्टमा उत्पादित प्रिमियम बाइक हिरो एक्स्ट्रिम १६० आर उत्पादन गरेर १० करोडको संख्या पुगेको विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

आगामी महिनाबाट नयाँ संस्करणका मोटरसाइकलहरु बिक्री सुरु हुने जनाएको छ । कम्पनीका अध्यक्ष पवन मुन्जल र भारतीय चर्चित अभिनेता शाहरुख खानले ती वाइक सार्वजनिक गरेका हुन् ।

कम्पनीले निमराना, गुरुग्राम र हरिद्वार लगायत तीनवटा प्लान्टमा वाइक उत्पादन गरिरहेको जनाएको छ । ‘हामी सबैमा हिरोको विशेषता छ,’ बिहीबार आयोजित भर्चुअल कार्यक्रममा कम्पनीका अध्यक्ष मुन्जलले भने, ‘एउटा हिरोले मात्र नभई हामीसँग जोडिएका सबैको हिरोको साथ सहयोगले आज यो अवस्थामा आइपुगेका छौँ ।’

सन् १९९४ जनवरी १९ तारिखमा स्थापना भएको कम्पनी हिरो होण्डाको नामले परिचित थियो । भारतीय बजारमा आफ्नो उत्पादन विक्री वितरण गर्नका लागि कम्पनीले होण्डासँग सहकार्य गर्दै आएको थियो । सन् २०११ मा दुई कम्पनी विभाजित भएपछि ‘हिरो मोटोकर्प’ स्थापना भएको थियो ।

‘विगत पाँच वर्ष अघिदेखि हामी भारत वाहिरका ४० मुलुकमा आफ्नो प्लेटफर्म विस्तार गर्ने योजनामा छौँ,’ मुन्जलले भने । ५ वर्षमा कम्पनीले प्रत्येक वर्ष फरक र परिमार्जित संस्करणका १० वटा उत्पादन बजारमा ल्याउने नयाँ लक्ष्य निर्धारण गरेको जनाएको छ ।

 

प्रतिक्रिया