छायाङ्कनमा सविन अधिकारीको ‘गणपति’

चलचित्र ‘गणपति’ को छायाङ्कन सुरु भएको छ । सविन अधिकारीको निर्देशन रहने चलचित्र पर्यटकीय स्थल बन्दीपुरबाट खिच्न सुरु गरिएको हो  । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै तयार पारेका छन् । चलचित्र लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले  निर्माण गर्न लागेका हुन् ।

‘अ बिग म्यान फिल्मस्’को ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, देवेन्द्र बब्लु, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल,शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ ।  चलचित्रले भगवान् र मानिस बिचको फरकको कथा विषयमा उठाएको छ ।

कलाकार बब्लु फिल्मलाई लिएर आफू उत्साहित रहेको बताउँछन् । साथै उनले तस्बिर सार्वजनिक गर्दै केही दिन बन्दिपुर मै रहने उल्लेख गरेका छन् ।

प्रतिक्रिया