सुनिल पाेखरेलकाे अभिनयमा ‘बिहानीमै अस्ताएकाे सूर्य’

नेपाली कवितामा आधारित  लघु चलचित्र तयार भएको छ ।

कवि सुरज काफ्लेले लेखेको कविता ‘बिहानीमै अस्ताएको सूर्य’ मा आधारित लघु चलचित्र खिचिसकिएको छ भने यही हप्ताभित्र सार्वजनिक गर्ने तयारी रहेको निर्माता समेत रहेका सुरज काफ्लेले जानकारी दिए ।

सरोज खनालको निर्देशन रहेको लघु चलचित्रमा रङ्गकर्मी सुनिल पोखरेलको अभिनय छ । सुनिलको निर्देशनमा धेरै नाटकमा अभिनय गरेका खनालले यसपालि भने पोखरेललाई नै निर्देशन गरेका छन् ।

सरोज खनाल चर्चित कलाकार भए पनि निर्देशकका रूपमा भने यो उनको दोस्रो काम हो । कविताको माध्यमबाट कथा बहने यो लघु चलचित्र को तरिका सम्भवतः युट्युबमा रिलिज भएका अन्य लघु चलचित्रमा भन्दा भिन्न प्रयास हो । अग्रज कलाकारसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै निर्माता काफ्लेले कथाको महत्त्व अनुसार सहज रूपमा प्रोजेक्ट तयार गर्न सहयोग गर्नु भएकोमा अग्रजहरू प्रति कृतज्ञता ज्ञापन छन् ।

“सुनिल सरलाई काँचको पर्दामा पहिले हेर्नै पाएको थिइनँ । तर धनकुटामा धेरै सडक नाटक तथा स्टेज नाटक गर्दा उहाँलाई नदेखे पनि गुरु मानेर काम गर्दा उहाँको नाम याद गर्थेँ । ऊर्जा आउँथ्यो अनि सरोज सरको म ठुलो फ्यान । अझ उहाँहरूसँगै काम गर्न पाउँदा धेरै खुसी लागेको छ ” काफ्लेले भनेका छन् ।
लघु चलचित्र करिब १० मिनेटको मात्र भए पनि दसैँपछिको समय यसैमा खर्चिएको र सरोज खनालले धेरै मेहनत गरेका कारण आफ्नो पहिलो कामलाई लिएर उत्साहित भएको उनले बताएका छन् ।

चलचित्र को छायाकँन अनिल श्रेष्ठ र धन खालिङ राईले गरेका छन् भने ड्रोन निश्चल राजवंशी सम्पादन नवीन निरौला भिडियो  टेक राई र  शृङ्गार गीता उप्रेतीको रहेको छ । सिन लिम्बू र गुरु भाइ फकिरको सङ्गीत रहेको चलचित्रका लागि प्रोडक्सन अभिमन्यु देवकोटाले गरेका हुन्  यो लघु चलचित्र जून भिजन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट प्रसारण गर्ने तयारी रहेको निर्माता काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया