जग्गा किर्ते गरी ७२ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ

काठमाडौं । जग्गा किर्ते गरी बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मालपोत कार्यालय कलंकीमा नायव सुब्बा पदमा कार्यरत नुवाकोट ककनी गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ र तत्काल सोही कार्यालयका शाखा अधितकृत पदमा कार्यरत काठमाडौं टोखा नगरपालिका–४ बस्ने दिपक दाहाल रहेका छन् ।

उनीहरुले मीना खड्काको नामको साविक थानकोट–५ को क्षेत्रफल १ रोपनी ४ आना जग्गालाई खड्का बेल्जियम रहेको बेलामा नक्कली मीना खड्का बनी नक्कली जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरी उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

प्रतिक्रिया