चार बर्षपछि ‘सत्यम’ मार्फत अभिनयमा फर्किदै राजेश हमाल

काठमाडौं – सौर्यमा एक साथ काम गरेका कलाकार राजेश हमाल र अनुप बिक्रम शाही चलचित्र ‘सत्यम’ मार्फत पुन: सँगै देखिने भएका छन् । ‘रोमोयो’ निर्देशन गरेका निर्देशक शंकर कार्कीले फिल्म निर्देसन गर्ने छन् । हिरोको भूमिकामा राजेश देखिदै छन् भने शाही नकारात्मक भूमिकामा देखिने छन् ।

सकुन्तला चलचित्र पस्चात बिगत चार बर्श यता हमाल कुनै चलचित्रमा देखिएका थिएनन् । कारीव एक बर्शसम्म कुराकानी गरेर मात्रै यो रोलमा हमालले साहमति जनाएका हुन् । हमालका बागमती र सकुन्तला एकपछी अर्को गर्दै फिल्म फ्लप भए सँगै उनले नया काममा हात हालेका थिएनन् । धेरै फिल्मका लागि कुराकानी भए पनि अन्तत उनी ‘सत्यम’ को सम्झौता पत्रमा हस्ताक्षर गर्न राजी भए ।
अन्य केही नाम चलेका नायक नायिका लिने तयारीमा रहेको टिमले बाकी कलाकार भने अडिसन मार्फत लिने बताएको छ ।

प्रतिक्रिया