होण्डा सिटीको नयाँ संस्करण नेपाली बजारमा

काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले लेहोण्डा सिटीको ५ औं संस्करण(जेनरेशन)लाई नेपालीबजारमा भित्र्याएको छ ।

आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस संस्करणमा लम्बाई र चौडाई अघिल्लो संस्करणको कारको भन्दा बढी छ । होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा ‘वन टच इलेक्ट्रिक सन रुफ, शार्क फिन एन्टेना, फुल एलइडी हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड एलइडी, डिआरएल, एल आकार एलइडी टर्न इन्डिकेटर, जेड आकारको थ्रिडि ¥याप एराउण्ड यूनिफर्म एलइडी, साइड मार्क लाइट जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

साथै होण्डा सिटीले पहिलो पटक यस संस्करणमा एलेक्सा भ्वाइस सर्भिस मार्फत कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्ने अपेक्षा गरेको जनाएको छ ।

उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ किलोमिटर प्रतिलिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा १७.८ किलोमिटर प्रतिलिटरको माइलेज रहेको कम्पनीले जनाएको छ । यसका साथै लेन वाच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो, जसले पार्किङ गर्न सजिलो हुन्छ । आई–एसआरएस युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो संस्करण मध्येको सबैभन्दा सुरक्षित रहेको कम्पनीले जनाएको छ ।

धोबिघाट स्थित शोरुमबाट सोमबार मात्रै होण्डा सिटीको दुई भेरियन्ट होण्डा भीएक्स सिभिटी र जेडएक्स सिभिटी कार सार्वजनिक गरिएको छ । नेपाली बजारमा होण्डा सिटी भिएक्सको मूल्य रु. ६५ लाख ९० हजार र होण्डा सिटी जेडएक्सको मूल्य ६९ लाख ९० हजार तोकिएको छ ।

प्रतिक्रिया