विरोध पस्चात ‘ताण्डव’ निर्देशकले मागे माफी

वेव सिरिज ‘ताण्डव’ का निर्देशक अली अब्बास जफरले माफी मागेका छन् । १५जनवरीमा अमेजन प्राइमबाट प्रसारीत सिरिजलाई लिएर सामाजिक सन्जालमा बिरोध मात्रै भएन, प्रहरी हुँदै यो केस अदालत सम्म पुग्यो । बिरोधका कारण टिमको समेत ध्यानाकर्षण भएको छ । अन्तत जफरले सामाजिक सन्जालमा पोस्ट गर्दै माफी समेत मागेका छन् ।

अली लेख्छन,”हामी ‘ताण्डव’ लाई लिएर दर्शकले दिएका प्रतिकिर्यालाई नियालिरहेका छौ । सुचना तथा प्रसारण मन्त्रालयले हाम्रो बिरुद्ध उजुरी परेको समेत बताएको छ । हामीले प्रस्तुत गरेको सामाग्री मध्ये केही अंशले केही दर्शकको भावनामा ठेस पुगेको जानकारी प्राप्त भएको छ । यो सिरिज नितान्त काल्पनिक भएकोले यससँग जोडीएका कुनै पनि घटनालाई सत्य नमानिदिनु होला । हाम्रो कोही पनि ब्यक्ती, जाती, समुदाय, धर्म या धर्मिक विश्वासलाई ठेस पुर्याउने साथै कुनै संस्था, राजनीतिक दल, जिवित म्रित ब्यक्तीलाई अपमान गर्ने कुनै नियत रहेको छैन । ताण्डवका कलाकार साथै सम्पूर्ण टिम सम्पूर्ण दर्शक समक्ष माफी माग्छौ ।”

जफरको डेब्यु निर्देशकिय वेब सिरिज ‘ताण्डव’ मा सैफ अली खान, डिम्पल कपाडिया, मोहम्मद जिशान आयुब, सुनिल ग्रोवर, कुमुद मिश्रा लगायत कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया