‘डिसेम्बर फल्स’ छायांकन सुरु

छायांकन अगावै बिदेशी बजारमा आफ्नो स्थान सुरक्षित गरेको चलचित्र ‘डिसेम्बर फल्स’को शुभसाइत गरिएको छ । माघ ४ गते पोखराको बिन्दवासिनी मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको चलचित्रको छायांकन आजबाट सुरु भएको छ ।

प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराइ लगायतका कलाकारको अभिनय रहनेछ । बीपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको चलचित्रमा महेश आर गुप्ताको छायांकन रहनेछ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको अधिकांश दृश्यको छायांकन पोखरामा हुनेछ ।

प्रतिक्रिया