आइसक्रिममा भेटियाे काेराेना भाइरस

एजेन्सी । चीनकाे एक खाद्य कम्पनीकाे आइसक्रिममा काेराेना भाइरस (काेभिड १९) भेटिएकाे छ ।

काेराेनाकाे उद्गम स्थल चीनमा पछिल्लाे समय संक्रमण कम हुँदै गइरहेका बेला फेरी आइसक्रिममा उक्त भाइरस देखिएकाे हाे । पूर्वी चीनमा उत्पादन हुने आइसक्रिममा कोरोना देखिएका कारण अहिले देशैभर त्रास फैलिएकाे छ ।

आइसक्रीमका तीन नमूनामा काेराेना भेटिएपछि त्यहाँका अधिकारीहरूले अहिले आइसक्रिमका कार्टुनहरू फिर्ता गर्न निर्देशन दिएका छन् । सरकारकाे आधिकारिक विज्ञप्ति अनुसार यो घटना पश्चात् बेइजिङ क्षेत्रकाे डाकियाओदाओ फूड कम्पनी सिल गरिएको छ । अहिले उक्त कम्पनीका कामदारहरूकाे काेराेना परीक्षण समेत गरिएकाे भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएकाे छ । हालसम्म आइसक्रिमबाट काेही संक्रमित भएकाे पाइएकाे छैन ।

आइसक्रिम बनाउन प्रयाेग गरिएकाे सामग्रीमा न्युजिल्याण्ड र युक्रेनकाे मिल्क पाउडर प्रयाेग भएका थिए ।

प्रतिक्रिया