दर्शक बिनै एकाउन्न दिन ?

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ ले एकाउन्नौ दिन मनाएको टिमका सदस्यहरुले बताएका छन् । उनीहरुले यसकाे
तस्विर पनिसार्वजनिक गरिरहेका छन् ।

काेभिड कहरका कारण दर्शक हलसम्म जाने परिस्थित नहुँदा चलचित्र राम्रो हुँदाहुँदै पनि ‘आमा’ अन्यायमा परेकाे समिक्षककाे भनाइ छ ।
यसैबिचमा चलचित्र भने दर्शकको हात हात मै पुगिसकेको छ । पाइरेसीको मार खेपिरहेको नेपाली फिल्म जगतमा ‘आमा’ पनि पाइरेसीकाे शिकार हुनबाट बच्न सकेन ।

एकातिर चलचित्र हलसम्म दर्शक पुग्न नसकेर ब्यापार हुन नसक्नु र अर्कातिर फिल्म चाेरी हुनुका बिच चलचित्रकाे टिम भने ‘सेलिब्रेसन’ को मुडमा देखिन्छ ।

हलमा हप्ता दिन टिक्न नसकेका तथा दर्शक र समिक्षक कसैले मन नपराएका चलचित्र युनिटले त केक काटेर ‘सफलताको खुशी’ बाँड्ने क्षेत्रमा समिक्षक र दर्शकको सकारात्मक टिप्पणी पाएको चलचित्र युनिटकाे खुशीलाई पनि सामान्य मानेर नै स्विकारी दिने त होला नी !

प्रतिक्रिया