बार्सिलोनालाई हराउदै बिल्वाओ च्याम्पियन, मेस्सीले पाए रेड कार्ड

काठमाडौँ । स्पेन सुपरकोपाको उपाधि एथलेटिक विल्बाओले जितेको छ । गएराती सम्पन्न फाइनलमा एथलेटिक विल्बाओले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै सुपरकोपाको उपाधि जितेको हो ।

एथलेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए ।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २-२ गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो । एथलेटिकले खेलको ९० मिनेटमा गोल गर्दै बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसपछि खेलको ९३औं मिनेटमा एथलेटिकले गोल गर्दै अग्रता बनाएर खेल जितेको थियो ।

यस खेलमा खेलको १२१औं मिनेटमा बार्सिलोनाका लियोनेल मेसीले रातो कार्ड पाएका थिए । मेसीले बार्सिलोनाको क्यारियरमा पहिलो रातो कार्ड पाएका हुन् । बार्सिलोनाका लागि ७५३ खेल खेलेका मेसीले पहिलो पटक रातो कार्ड पाएका छन् ।

एथलेटिक बिल्बाओले योसँगै तेस्रो पटक सुपरकोपा जितेको छ । यस अघि बिल्बाओले सन १९८४ र २०१५ मा सुपर कोपाको उपाधि जितेको थियो । सुपरकोपाको उपाधि सबैभन्दा धेरै १३ पटक बार्सिलोनाले जितेको छ भने रियल म्याड्रिडले ११ पटक जितेको छ ।

स्पेनिस सुपरकोपामा गत सिजनको ला लिगा च्याम्पियन, ला लिगाको उपविजेता र गत सिजनको कोपा डेल रेका दुई फाइनालिष्ट गरि चार टिम खेल्ने गर्दछन् ।

प्रतिक्रिया