बुद्धिसागरसँग मिलेर फिल्म बनाउदै निश्चल

काठमाडौं ।  माघ ४ गते फिल्मकर्मी निश्चल बस्नेतको जन्मदिन । आज नै उनले फेसबुकमा पोस्ट गर्दै नयाँ फिल्म निर्देशन गर्ने जानकारी दिएका छन् । उनले आफुले आँफैलाई जन्मदिनको शुभकामना दिदै फिल्म ‘जिन्दावाद’ निर्देशन गर्ने बताएका हुन् । लुट २ पस्चात उनी निर्देशनलाई पाखा लगाउदै अभिनय तर्फ लागेका थिए ।

फिल्म लूट मार्फत एक तरहले चलेको नेपाली फिल्मको ट्रेन्ड नै परिवर्तन गरेर उनले दर्शक समिक्षकको राम्रो प्रतिकृया बटुलेका थिए । तर अभिनयको भुत सवार भएको कारण उनी अभिनय तर्फ नै तानिए तर उनले सोचेझै सफलता प्राप्त गर्न सकेनन् । उनी अभिनयमात्रै नभएर फिल्मको गीत समेत गाउन थाले ।

अब भने धेरै दर्शकले प्रतीक्षा गरिरहेका बस्नेतले फिल्म निर्देशन गर्ने भएका छन् । चर्चित लेखक बुद्धीसागरले लेखेको फिल्म उनले निर्देशन गर्न लागेका हुन् । लेखनमा अब्बल बुद्धी सागर र निर्देशनमा नाम कमाएका बस्नेतको फिल्म राम्रो बन्ने दर्शकको अपेक्षा छ । निश्चलले ‘राम्रो मान्छे बन्न पाउ राम्रो फिल्म बनाउन सकौ’ भन्दै आफुले आँफैलाई शुभकामना समेत् दिएका छन् ।

प्रतिक्रिया