केपी ओलीले ठूलो षड्यन्त्र गरे : प्रचण्ड

काठमाडाैं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरी ठुलाे षड्यन्त्र गरेकाे आरोप लगाएका छुन् ।

राष्‍ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रम ओलीमाथि यस्ताे आरोप लगाएका हुन् । बैठकमा उनले भनेका छन्- ‘केपी ओलीजीले संविधानमाथि प्रहार गरेर ठुलाे षड्यन्त्र गर्नु भएकाे छ । यसकारण अहिले हामी आक्रामक हुनुपर्ने देखिएको छ । हाम्रो आन्दोलन पनि जुझारु हुन जरुरी छ ।’

यस्तै उनले संविधानको मूल मर्ममाथि प्रहार भएको बेला आफूहरु रमाइलो गरेर चुप बस्न नसक्ने बताए । ‘संविधानको हत्या हुँदा हाँसेर बस्न सक्दैनाैँ । हामी मजाकको मुडमा छैनौँ’, प्रचण्डले भने ।

प्रतिक्रिया