एसराज अभिनित ‘स्याङ्जाली पालपाली’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नाम हो एसराज गराच । उनको कोभिड १९ ले सिर्जित लकडाउन पस्चातको अधिकांश समय म्युजिक भिडियो छायाँकनमा नै बितिरहेको छ । यहीबिच उनको अभिनय रहेको नया गीत स्याङ्जाली पालपाली सार्वजनिक भएको छ । सुमित्रा सेन र अमित बरालको स्वर रहेको लोकलयको भाकामा माधव भन्डारी र सुमित्राकै शब्द रहेको छ । संगीत समेत् सुमित्राले नै गरेकी छन् । भिडियोमा यसराजको साथमा सुनिता थापा फिचर्ड छन् । भिडियो निर्देशन जोन राइले गरेका छन् भने कोरियोग्राफी डिका गुरुङको रहेको छ ।
एस भने अर्को भिडियो छायाँकनका लागि पुर्वमा रहेका छन् । एलिजा गौतमसँग अभिनय गर्दै गरेका उनको आगामी गीत निर्देशन भने चर्चित कोरियोग्राफर दिनेश राइले गर्दै छन् ।
https://www.youtube.com/watch?fbclid=IwAR3r6djwCUd1v9omh3fv_8qOXU9eqC6D7DJ3X1wU7B84D7IKISza7CO-fOQ&v=F6yhvceLY9c&feature=youtu.be

प्रतिक्रिया