सलमानको फिल्ममा संगीत भरेका नेपाली नागरिक प्रवेशकाे चर्चा चुलिंदै

काठमाडौं । सलमान खानको निर्माण तथा सतिश कौशिकको निर्देशन रहेको फिल्म ‘कागज’ यही जनवरी ७बाट प्रदर्शनमा आएको छ ।

पंकज त्रिपाठी, मोनाल गज्जर र समर उपाध्यायको मुख्य भूमिका रहेकाे फिल्म कागजको नाता भने नेपालसँग समेत जोडीएको छ ।

फिल्मको संगीत निर्देशक प्रवेश मल्लिक नेपाली नागरिक हुन् । जनकपुरका मल्लिकले हिन्दी क्लासिकल म्युजिकमा स्नातकोत्तर गरेका छन् । ४० बर्षिय उनको साँगितिक क्षेत्रमा पहिलो शिक्षक उनकी आमा सुशिला माल्लिक हुन् । पन्डित लक्ष्मीनारायण दास, पन्डित शिव लाल, पन्डित राम बिहारसँग बाल्यकालमा मिथिला नाट्यकला प्रतिष्ठानमा संगीतको औपचारिक शिक्षा सुरु गरेका उनी आफ्ना दाजु रमेशको साथ बाँकी साँगितिक अध्ययनका लागि भारतको दिल्ली तर्फ लागे ।

नेपालकाे जनककपुरमा जन्मिएका मल्लिकले स्टेप वर्ल्ड स्कुल नोयडाबाट संगीत सिकाउन सुरु गरेका थिए । ‘स्पर्श’ नामकाे सांगितिक समुह निर्माण गरी उनले भारतका बिभिन्न स्थानमा साँगितिक कार्यक्रमहरु सन्चालन गरे । त्यस पश्चात ‘सानीध्य’ साँगितिक समुहमा नुस्रत फतेह अली खान, एआर रहमान लगायतका कलाकारसँग जोडीएर काम गर्न थाले । उक्त समुहमा रहेर सुफी, लोक, क्लासिकल फ्युजन लगायत संगीतहरु उनी आँफैले संगित सिर्जना गर्न थाले । उनले मैथिली, नेपाली पन्जावी गीतका लागि समेत संगीत तयार गरेका छन् ।

उनको यात्रााको मोडिएको बिन्दुको रुपमा प्रकाश झाको फिल्म ‘जय गंगाजल’ लाई लिन सकिन्छ जहाँ उनले सलिम सुलेमानसँग काम गरेका थिए । गायन तथा संगीतमा रमाउदै गरेका मल्लिकले झाको फिल्म पश्चात मिथिला मक्खन, बारेलीकी बर्फी, जबरिया जोडी, तानाशाह हुँदै कागज फिल्ममा काम गरेका हुन् । फिल्म र संगितका समिक्षकहरूले कागज फिल्मकाे संगित राम्राे रहेकाे प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया