मुख्यमन्त्री पोखरेल भन्छन्- ‘संसद् विघटन नयाँ युगतर्फको यात्रा हो’
२०७७ माघ ४ गते

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटन नयाँ जनादेशका लागि भएको दोहोर्याएका छन् । नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले संसद् विघटन नयाँ, ताजा जनादेशका लागि भएको दोहोर्याएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले संसद् विघटनलाई राजनीतिक वैधता दिने प्रयास गरे । ‘प्रचण्ड कमरेडहरूले भनेझैँ संसद् मासेको, संसद्को हत्या गरेको नभई नयाँ जनादेशमार्फत् जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसद्को खोजी भएको हो’ उनले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको कदम नयाँ युगतर्फको यात्रा भएको मुख्यमन्त्री पोखरेलको तर्क छ ।
२०७७ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








