भारतले पहिलो दिन १ लाख ९१ हजारलाई लगायो कोरोना भ्याक्सिन

काठमाडौं । भारतले पहिलो दिन १ लाख ९१ हजारलाई कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन १ लाख ९१ हजारभन्दा बढीलाई कोभिड-१९ को भ्याक्सिन दिइएको हो ।

भारतमा शनिबारदेखि कोरोना विरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । खोप अभियानको पहिलो दिन कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरिएको थियो । भ्याक्सिन लगाइएका कसैलाई आकस्मिक रुपमा अस्पतालमा लैजान नपरेको दावी भारतीय सञ्चारमाध्यमहरूको छ ।

भारतको केन्द्र सरकारले सफाइकर्मी, डाक्टर र नर्सहरूलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप दिएको हो । भारतले शुरु गरेको खोप अभियानलाई विश्वकै सबैभन्दा ठूलो भनिएको छ । –एजेन्सी

प्रतिक्रिया