‘ति न्यायाधीशहरुलाई मैले कहिल्यै भेटेको छैन’

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि ‘कामचलाउ’ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।

शनिबार प्रदेश सम्पर्क समिति प्रदेश नं. १ को आयोजनामा काठमाडौं तीनकुनेको रोयल बैङ्क्वेटमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मैले यसपटक मात्र होइन’, ओलीले भने, ‘शायद कहिल्यै भेटेको छैन । अँ सपनालाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन क्या ।’

यसअघि विभिन्न सञ्चारमाध्यमहरुमा ओलीले सपना प्रधान मल्लसहित ४ जना न्यायाधीशहरुलाई भेटेको समाचारहरु बाहिरिएका थिए ।

प्रतिक्रिया