प्रचण्डलाई ओलीको प्रश्न–‘नेपाली जनता हाँस्दा किन पिर पर्‍या ?’

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि ‘कामचलाउ’ बनेका प्रधानमन्त्री केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भाषणको कटाक्ष गरेका छन् ।

शनिबार प्रदेश सम्पर्क समिति प्रदेश नं. १ को आयोजनामा काठमाडौं तीनकुनेको रोयल बैङ्क्वेटमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन प्रधानमन्त्री ओलीले दाहालले केही अगाडि प्रज्ञा प्रष्ठिानमा गरेको भाषणको कटाक्ष गरेका हुन् । ‘नेपाली जनता हाँस्दा कि पिर परेको ?’, ओलीले भनेका छन्, ‘जनताको मुहारमा म खुशी भर्न चाहन्छु ।’

यसअघि दाहालले प्रज्ञा भवनमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीप्रति इङ्गित गरी आफूहरुले जनतालाई हँसाउने मात्रै नभएर काम गरेर देखाउने बताएका थिए । दाहालले भनेका थिए, ‘हामी ठट्टा गरेर जनतालाई हँसाउन यहाँ आएका छैनौँ । हामी काम गरेर जनतालाई खुशी पार्न चाहन्छौँ ।’

प्रतिक्रिया