‘हामी आँधीहुरी आउँछ भन्दैनौँ, नाम र चिह्न स्वतः हाम्रै हुन्छ’

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा नेता सुवासचन्द्र नेम्वाङ्गले आफूहरुले स्वतः नेकपा नाम र सूर्य चिह्न पाउने दाबी गरेका छन् ।

शनिबार प्रदेश सम्पर्क समिति प्रदेश नं. १ को आयोजनामा काठमाडौं तीनकुनेको रोयल बैङ्क्वेटमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेम्वाङ्गले यस्तो बताएका हुन् । ‘हामी आँधीहुरी आउँछ भन्दैनौँ’, नेम्वाङ्गले भनेका छन्, ‘नाम र चिह्न स्वतः हाम्रै हुन्छ ।’

यस्तै नेता नेम्वाङ्गले प्रधानमन्त्री स्थिरताको दिशमा बढ्दै गर्दा अन्य नेताहरुले काम गर्न नदिएको बताएका छन् । ‘केही साथीहरुले प्रधानमन्त्रीलाई समृद्धिको यात्रामा बढ्न दिएनन्’, नेता नेम्वाङ्गको तर्क छ, ‘त्यसैले संसद् विघटन गर्नुपर्यो ।’
बैशाख १७ र २७ मा कुनै पनि हालतमा निर्वाचन भएर छोड्ने ठोकुवा गरेका नेता नेम्वाङ्गले निर्वाचन आयोगले थप तयारी गरिरहेको बताए ।

प्रतिक्रिया