‘नेकपालाई प्रचण्ड र माधवमुक्त बनाउनुपर्छ’

काठमाडौं । शहरी विकासमन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कुनै पनि हालतमा देश बनाउन नसक्ने बताएका छन् ।

शनिबार प्रदेश सम्पर्क समिति प्रदेश नं. १ ले काठमाडौंको तीनकुनेको रोयल इभेन्ट बैङ्क्वेटमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमाओवादी नेता साहले यस्तो बताएका हुन् । ‘प्रचण्ड–माधवले देश बनाउँदैनन्’, सम्बोधनका क्रममा मन्त्री साहले भनेका छन्, ‘उनीहरुले देश बनाउँछन् भन्नु गोरुले दुध दिन्छ भन्नुजस्तै हो ।’

यस्तै मन्त्री साहले प्रचण्ड र माधवमुक्त नेकपा बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालले पार्टीभित्र अलोकतान्त्रिक काम गरेको बताउँदै मन्त्री साहले भनेका छन्, ‘अब नेकपालाई प्रचण्ड र माधवमुक्त बनाउनुपर्छ । त्यसो नभएसम्म कम्युनिष्ट आन्दोलनले तीव्रता पाउँदैन ।’

प्रतिक्रिया