हरर फिल्म ‘रङ डेस्टिनेसन’को ट्रेलर सार्वजनिक

हरर फिल्म ‘रङ डेस्टीनेशन’को ट्रेलर सार्वजनिक भएको छ । यही जाडोमा प्रदर्शन हुने भनिए पनि फिल्मको प्रदर्शन मिति भने फाइनल गरिएको छैन । फिल्ममा सम्राट बस्नेतको निर्देशन रहेको छ । फिल्ममा धिरेन शाक्य, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, सुगुन तान्डुकार, सञ्जय थापा, अनमिका लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ । फुलमून मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा समिरा तन्डुकार, शर्मिला लामा तन्डुकार, सन्जिल लामा, केन्द्र लिम्बु र जितेन्द्र कार्कीको लगानी रहेको छ । सुगन तन्डुकारको कथा, सीमा गुरुङको पटकथा तथा संवाद र पदम प्रसाद कँडेलले फिल्मलाई लेखेका हुन् । अमृत मरठ्ठाको मेकअप र लक्ष्मण सुनारको भिएफएक्स तथा कलर रहेको ‘रङ डेस्टीनेशन’लाई रनधिर श्रेष्ठले खिचेका हुन् । धेरै फिल्ममा सहायक भूमिकामा देखिने बुद्धी तमाङ यस फिल्ममा भने मुख्य भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया