कौन बनेगा करोडपती छोड्दै अमिताभ !

भारतीय अभिनेता अमिताभ बच्चन ‘कौन बनेगा करोडपती’ मा नरहने सम्भावना बढेकाे  छ ।
यसकाे औपचारिक पुष्टि भइनसकेपनि भारतीय संचार-माध्यममा प्रकाशित समाचार अनुसार उनले अब काम छाेडेर ‘रिटायर्ड’ जीवन विताउने चाहेका छन् ।

कौन बनेगा करोडपतीको छायाँकनको अन्तिम दिन बुधवार उनले एक ब्लग मार्फत उक्त जानकारी दिएका हुन ।
उनी लेख्छन्, ‘म थाकिसकेँ र रिटायर हुन चाहन्छु । म माफी चाहन्छु, केबीसीको छायाँकनको अन्तिम दिन लामो लाग्यो । भोलीसम्म ठीक हुन्छु । तर काम त काम नै हो । कोही एक ब्यक्ती नहुँदा पनि राम्ररी गर्नु पर्छ ।’

उनी थप्छन,’तपाइँहरु सबैको सहयोग, माया, स्नेहले सुटिङको अन्तिम बिदाइ झै बन्यो । चाहना त कहिल्यै नरोकिने हुन्छ । पुरै समूह स्नेही र मेहेनती थियो । यही कारण सेट छोडेर टाढा जान सकस भएको छ । यो समय र टिम जीवनभर यादगार रहने छ ।’

उनले अन्त्यमा सबैलाई धन्यवाद भन्दै अहिले यही अन्त्य भए पनि फेरी कुनै एक दिन एकसाथ हुने लेखेका छन् ।

उनकाे पाेष्टकाे सार हेर्दा उनले अब काैन बनेगा कराेडपती कार्यक्रम छाेड्ने निधाेमा पुगेकाे निस्कर्ष निकाल्न सकिने विश्लेषकहरुले बताएका छन् ।

अमिताभ काेभिड १९ बाट निकाे भएसँगै कार्यक्रमकाे छायाँकनमा फर्किएका थिए ।

प्रतिक्रिया