प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भिजिबिलिटी कम भएकाले आन्तरिक उडान प्रभावित भएको हो ।

विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक उडान सूचारू हुन कम्तिमा २ किलोमिटर भिजिविलिटी आवश्यक पर्छ ।

बिहानैदेखि उडान अवरूद्ध हुँदा विमानस्थलमा यात्रुहरूको भीड लागेको छ । मौसममा सुधार आएलगत्तै आन्तरिक उडान सूचारू गर्ने त्रिभुवन विमानस्थलले बताएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको छ ।

प्रतिक्रिया