चलचित्र ‘मन सँग मन’ चैत्र २७ गतेबाट हलमा

काठमाडाैं । चलचित्र ‘मन सँग मन’ को प्रदर्शन मिति सार्वजनिक गरिएकाे छ । चलचित्रकाे ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गर्दै रिलिज मिति सार्वजनिक गरिएकाे हाे । चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने निर्माण टिमले जनाएकाे छ ।

नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउन लागेकाे उक्त चलचित्रकाे सार्वजनिक गीत ‘मेरो त भाग्य’ मा डेभिड शंकर र भावना थापाको स्वर रहेकाे छ भने दिपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ । भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहेको छ ।

गीतमा मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा राउतको नृत्य हेर्न सकिन्छ । यस्तै, अतिथि कलाकारको रुपमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् । गीतको भिडियोमा कलाकारद्वय बुद्धि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ ।

फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेकाे छ । कैलाश राइको निर्देशनमा बनेको फिल्ममा अरुण तामाङको लगानी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा फिल्म तयार भएको हो ।

प्रतिक्रिया