रिलिजकै दिन चाेरी भयाे फिल्म ‘मास्टर’

काठमाडौं ।बक्स अफिसमा राम्रो सुरुवात गरेको तमिल सुपरस्टार विजय र विजय सेतुपतीको फिल्म ‘मास्टर’ पाइरेसीको मारमा परेको छ । रिलिजको पहिलो दिन नै ‘तमिल रकर्स्’ ले अनलाइन राखेकाे छ । पाइरेसीमा परेको खबर बाहिरिएसँगै निर्माण टीम र फिल्मकर्मीले दर्शकलाई पाइरेटेड भर्सन नहेरी हलमै सिनेमा हेर्न आग्रह गरेका छन् । भारतीय सञचारमाध्यमका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन ४० करोडको आसपास कमाई गरेको बताएका छन् ।

फिल्ममा विजय र विजय सेतुपतीका अलावा माल्विका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास र नसरलगायतको अभिनय छ । लोकेश कंगराज निर्देशित फिल्म बुधवार तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो भने, बिहिबारबाट हिन्दीमा समेत रिलिज भएको छ ।

प्रतिक्रिया