दि भ्वाइसको कोच फेरि परिवर्तन,आस्थाको स्थानमा तृष्णा

काठमाडौं । गायक गायिकाको खोजी गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेश्रो सस्करणमा एकजना कोच परिबर्तन गरिने भएको छ । हिमालय टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रममा महिला कोचको रुपमा तृष्णा गुरुङ रहनेछन् ।

कार्यक्रम ब्यवस्थापन पक्षले कार्यक्रम गरि यसबारे जानकारी गराएको हो । कार्यक्रम अबको एकदेखि डेढ महिनामा शुरु हुने पनि कार्यक्रममा जानकारी दिइएको छ ।

पहिलाका दुई सिजनमा झैँ यो सिजनमा पनि महिला कोच परिवर्तन गरिएकाे हाे । पहिलो सिजनमा कोच अभया सुब्बा र सनुप पौडेललाई हटाएर राजु लामा र आस्था राउत भित्रिएकी थिइन् । तेश्रो सिजनमा आस्था समेत् टिमबाट बाहिरिएकी छन् ।

कार्यक्रमबारे जानकारी दिन गरिएको कार्यक्रममा परिवर्तन सामान्य भएको बताइएपनि केही समयअघि प्रहरीसँगको विवादका कारण आस्थालाई हटाइएको चर्चा चलिरहेको छ । त्यसो त ‘ दि भ्वाइस अफ नेपाल’  विवादरहित कार्यक्रम भने होइन । शोका पहिलो विजेताले घोषणा अनुसार पुरस्कार रकम नपाएको भनेर पटक पटक सामाजिक सन्जालमा पोस्ट गरेका थिए । त्यस्तै शोबाट बिना कुनै जानकारी हटाइेको भनेर सुब्बा र पौडेलले समेत् असन्तुष्टी जनाएका थिए ।

कोचको रुपमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल भने परिवर्तन भएका छैनन् । कार्यक्रमको मार्केटिङ ‘एस मिडीया एण्ड मार्केटिङ’ले गर्नेगरि सम्झौता भएको छ ।

प्रतिक्रिया